Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

महिनावारी भएकाे कति दिनमा र कसरी गर्भ रहन्छ ?

काठमाडौं । गर्भ रहन नियमित यौंन सम्पर्कका साथै अन्य थुप्रै कुराको तालमेल मिल्नुपर्छ। सन्तानको उत्पत्ति प्रमुख रूपमा पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित भएका डिम्बको मिलनबाट हुन्छ।

यौनसम्पर्कका समयमा पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीट मध्ये केहीँ पाठेघर हुदैं डिम्बबाहिनी नलीसम्म पुग्छन्। त्यहाँ परिपक्व भएको डिम्ब (अण्डा) सँग असंख्य शुक्रकीटमध्ये एकको मिलन हुन्छ। यसरी मिलन हुने प्रक्रियालाई निषेचन भनिन्छ।

यसरी शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज भनिन्छ । र यही नै पछि विकसित भएर शिशु वा बच्चा बन्छ। सामान्यतः गर्भधारण प्रक्रियामा निम्न कुराहरू हुनुपर्छः

१. डिम्ब निष्कासन 

२. यौंन सम्पर्क

३. वीर्य स्खलन

४. डिम्ब निषेचन

५. डिम्बरोपण

बुझ्नुपर्ने एउटा महत्त्वपूर्ण कुरा के भने डिम्ब निस्किएको करिब १४ दिनमा महिनावारी सुरु हुन्छ। यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४ औं दिनतिर डिम्ब निस्कने भएकाले यस समयमा यौंनसम्पर्क गर्दा गर्भ रहने अर्थात् बच्चा बस्ने सम्भावना एकदमै धेरै हुन्छ।?

डिम्ब निस्किएको २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा केही बढीसमय बाच्ने जानकारहरु बताउँछन् । त्यसैले डिम्ब निस्कनु केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणको दृष्टिकोणले असुरक्षित काल मानिन्छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: