प्याजमा कालोबजारी, २४ घण्टाभित्र बिल पेश गर्न व्यापारीलाई विभागको निर्देशन

काठमाडौं, मंसिर १४ । राजधानीमा प्याजको मूल्य अत्यधिक बढेपछि आपूर्ति विभागले कालीमाटी र बल्खुको तरकारी बजारमा अनुगम गरेको छ ।
टोलीले २४ घण्टाभित्र प्याज खरिदको विलसहित कार्यालयमा उपस्थित हुन व्यापारीहरुलाई निर्देशन दिएको छ।

अस्वाभाविक रुपमा प्याजको मूल्य बढेपछि आपूर्ति विभाग अन्तर्गतको आपूर्ति व्यवस्थापन र उपभोक्ता संरक्षण विभागले बिहीबार काठमाडौंका मुख्य तरकारी बजार कालिमाटी र बल्खु क्षेत्रका थोक र खुद्रा पसलमा अनुगमन गरेको थियो।

याे पनि पढ्नुस  फेरि प्याजको मूल्य बढ्यो

अनुगमनका क्रममा प्याज खरिद गर्दै आएका व्यापारीहरुले विलबिजक नदेखाएपछि विभागले २४ घण्टाभित्र कागजातसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ।

अहिले राजधानीमा उपभोक्ताले किलोको ११५ देखि १३० रुपैयाँसम्म तिर्नु परेको छ । नेपाली बजारमा ९० प्रतिशतभन्दा बढी प्याज भारतबाट आयात हुने गरेको छ। नाकामा भारतले कडाई गर्दा आवश्यक परिमाणमा प्याजको आयात गर्न नसकिएको व्यापारीहरुको भनाइ छ।

याे पनि पढ्नुस  फेरि प्याजको मूल्य बढ्यो

तर चुनावको माकौं छोपेर व्यापारीहरुले कालो बजारी गरेको उपभोक्ताहरुको आरोप छ ।

कमेन्ट गर्नुहोस्