Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पैसा, रक्सी र मासुले चुनाव जित्ने जमाना गयो : प्रचण्ड

चितवन, मंसिर १४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने, ‘अब बन्ने वामपन्थीको शक्तिशाली सरकारले मात्र नेपाली जनताको विकासको चाहना पूरा गर्ने बताउनुभएको छ ।’

चितवन क्षेत्र नं ३ को झनझनेमा बिहीबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निर्वाचनपछि बन्ने वामपन्थीको सरकारले विकासको गतिलाई तीव्रता दिने बताए । अहिलेसम्म भएका अस्थिर सरकारले देशको विकास गर्न नसकेको भन्दै उनले अब बन्ने स्थिर सरकारबाट मात्रै जनताको चाहना पूरा हुने बताए ।

निर्वाचनपछि वामपन्थीको सरकार बन्न दुनियाको कुनै तागतले रोक्न नसक्ने उनको दाबी थियो । निर्वाचनको समयमा काँग्रेसका कार्यकर्ताले समेत आफूलाई मत हाल्ने विश्वास व्यक्त गर्दै उनले भने, “केन्द्र, प्रदेश र स्थानीय सरकार मिलेर मात्र विकास सम्भव छ ।”

उनले निर्वाचन जितेर गएपछि चितवन देशकै नमूना बनाउने संकल्प गरेयो । एक वर्षमा जिल्लाका मुख्य सडक उच्चस्तरीय कालोपत्र गर्ने, पाँच वर्षभित्रमा सबै शाखा बाटोको चौंडा बनाई कालोपत्र गर्ने, नारायणी र राप्तीमा उच्चस्तरीय तटबन्ध र पर्खालसहितको मेसजालीको काम गरिने, माडी र भरतपुर रिङरोड निर्माण गर्ने उनले बताए ।

चितवनलाई पर्यटकीय दृष्टिले दोस्रो स्थानमा ल्याउनका लागि सौराहादेखि जगतपुर हुँदै गोलाघाटसम्म पर्यटन मार्ग बनाउनुपर्ने उनले बताए । चितवनको नवनिर्माण शुरु गर्ने र सिंगो चितवन बनाउने योजना आफूसँग रहेको बताउँदै प्रचण्डले जिल्लालाई, कृषि, पर्यटन, स्वास्थ्य र शिक्षाको केन्द्र बनाउने बताए ।

निर्वाचनको समयमा पैसा, रक्सी र मासुले निर्वाचन नजितिने भन्दै उनले निर्वाचन जित्न देश विकासका लागि खाका हुनु आवश्यक रहेको बताए । जिल्लामा देखिएको सुकुम्बासी, दलित र अल्पसंख्यकको समस्या समाधानका लागि अब बन्ने सरकारको पहिलो बैठकबाट समाधान गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: