Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

देउवाले भने- ‘१५ दिनपछि फेरि प्रधानमन्त्री बन्छु’

वाम गठबन्धनले जिते बोल्न, लेख्न र हिडडुल समेत पाइने छैन

लहान, मंसिर १४ । प्रधानमन्त्री शेरबहादुर देउवाले १५ दिनपछि फेरि पाचौं पटक प्रधानमन्त्री बन्ने दावी गरेका छन ।

सिरहाको दक्षिणी सिमावर्ती भगवानपुर गाउँपालिकामा कांग्रेसले गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवादे भने, ‘१५ दिनपछि प्रधानमन्त्री भएपछि कांग्रेसले सिरहाको विकास गर्ने छु ।’ उनले विगतमा गएको ठूलो बाढीले सिरहा लगायतका जिल्लाहरु प्रभावित भएकाहरुका लागि कांग्रेस नेतृत्वको सरकारले एकमुष्ट तीन लाख अनुदान दिने निर्णय गरेकाले कांग्रेसलाई मत हाल्न आग्रह गरे ।

उनले आसन्न चुनाव कम्युनिष्ट र लोकतान्त्रिक गठबन्धनबीचको युद्ध भएको बताएका छन् । एक दलीय कम्युनिस्ट शासन ल्याउन वाम गठबन्धन भएको बताउ‘दै उनले वाम गठबन्धनले जिते तानाशाही शासन सुरु हुने बताए ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले नेपालमा कम्युनिस्ट शासन आए बोल्न र लेख्न समेत नपाउने बताए । उनले भने, ‘कम्युनिष्टहरुको वाम गठबन्धनले जिते नेपालमा एक दलीय तानाशाही कम्युनिस्ट शासन हुनेछ । त्यतिबेला सर्वसाधारणले बोल्न, लेख्न र हिडडुल समेत गर्न पाउँदैन ।’

उनले लोकतान्त्रिक शासनलाई आत्मसाथ गर्ने कांग्रेसलाई प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा जिताउन नसके कम्युनिस्टहरुले नेपालमा फेरि चुनाव हुन नदिने बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: