डोटी, मंसिर १५ । नेकपा एमाले डोटीले आसन्न प्रतिनिधि र प्रदेशसभा चुनावका लागि जिल्लामा नियुक्त गरिएका एक मतदान अधिकृतको नियुक्ती निर्वाचन निर्देशिका विपरित भएकाले खारेजीको माग गरेको छ ।
डोटी एमालेका कार्यालय सचिव खड्कबहादुर कठायतले आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवलाई पत्र लेख्दै यस्तो माग गरिएको हो ।
जिल्लाका भवानीस्थान माध्यामिक विद्यालय सेनागाउँ ‘क’ केन्द्रका लागि निर्वाचन आयोगले नियुक्त गरेको मतदान अधिकृत चेतराज फुलारा जिल्लाको एक गैरसरकारी संस्थामा प्रवन्धक रहेकाले प्रतिनिधि र प्रदेशसभा निर्वाचन निर्देशिका विपरित भएकाले नियुक्ती बदर गर्न माग गरिएको छ ।