गुल्मीमा काग्रेसले निकाल्यो कर्मचारी नियुक्तिमा विवाद

राजनैतिक हस्तक्षेप नगर्न कर्मचारीहरुको चेतावनी

गुल्मी, मंसिर १७ । मुख्य निर्वाचन अधिकृतको कार्यालय गुल्मीमा हिजो बिहानदेखि नियुक्ति पत्र दिएर कार्य क्षेत्रमा पठाउनुपर्ने कर्मचारीहरुलाई अहिलेसम्म नियुक्ति दिईएको छैन् । नेपाली कांग्रेसले एकलौटी ढंगबाट खटाईएको आरोप लगाउँदै विवाद निकाले पछि हिजोदेखि अहिलेसम्म कर्मचारीहरु मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि उभिएर सास्ती खेप्नुपरेको हो ।

हिजो बिहानै करिव ९ बजेदेखि कार्यालय अगाडि उभाईएका कर्मचारीहरु हिजो साँझ अवेरसम्म पनि लाईनमै थिए । आज बिहान ७ बजेदेखि पनि उभिएका छन् । तर हिजो साँझ नेपाली कांग्रेसले वाम गठबन्धन निकट कर्माचारीहरुलाई ३०– ३२ ठाउँमा आफु निकट कर्मचारी नमिसाई एकलौटी ढंगले खटाएको पाईएपछि मिलाएर पठाउन माग गरिएको कांग्रेस सचिव खिलध्वज पन्थीले बताए ।

‘निर्वाचन निष्पक्ष र धाधली रहित होस भन्ने पक्षमा हामी छौं’– नेता पन्थीले भने– ‘तर सुनियोजित ढंगले कर्मचारी संगठनका कर्मचारीहरुलाई एकलौटी ढंगले खटाएको पाईए पछि मिक्स गरेर पठाउँदा निष्पक्ष हुन्छ भन्ने हाम्रो माग हो । ’ कांग्रेस निकट कर्मचारीहरुका नेता जयश्वर पन्थीले भने– ‘नेपाल कर्मचारी संघको कुनै आपत्ति नरहेको, त्यो केवल दलहरु बीचको राजनीतिक मुद्दामात्रै बनाईएको प्रतिकृया दिए ।

याे पनि पढ्नुस  पहिरोले पुरेर एकै परिवारका चार जनाको मृत्यु, सिङ्गो गाउँ उच्च जोखिममा

हिजोदेखि उभिएका सयौं कर्मचारीहरु आक्रोशित भएका छन् । संघ निकट कर्मचारीहरुले समेत आफुहरु कुनै दल विशेषको दास नभई नेपाल सरकारको कर्मचारी भएकोले राजनैतिक हस्तक्षेप बन्द गर्न चेतावानी दिएका छन् । ‘हामी नेपाल सरकारका राष्ट्र सेवक कर्मचारी हौं, अहिले निर्वाचनको मुखमा आएर हामीहरुलाई राजनैतिक रङ दिन खोज्नु भनेको कतै निर्वाचन नहोस् भन्ने षडयन्त्र त होईन ? सारा कर्मचारीहरुले एकै स्वरमा यस्तो प्रति प्रश्न गर्दै भने– ‘कुनै पाटी वा संगठनले खटाउने होईन निर्वाचन आयोगले खटाउने हो ।’

याे पनि पढ्नुस  वनमा भीषण अागलागी, ५० भन्दा बढी घरगोठ उच्च जोखिममा

जो जसले जुन राजनीतिक दलमा आस्था राख्ने भएपनि आजको यस विवादमा कर्माचारीहरु एकजुट देखिन्थे ।’ कर्मचारी नियुक्तिमा राजनीतिक हस्तक्षेप बन्द गर, जस्ता नाराबाजी गर्न कर्माचारीले थालेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय तनावग्रस्त बनेको थियो ।

आज बिहानै नेपाली कांग्रेसका नेताद्वय तथा क्रमशः क्षेत्र नं. १ र २ का प्रतिनिधी सभा उम्मेदवार पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आपत्ति जनाउँदै फर्किएका थिए । कांग्रेस सभापति भुवनप्रसाद श्रेष्ठ, वाम गठबन्धनबाट एमाले नेता जंग नेपाली लगायत सो कार्यालयमा बसेर विवाद मिलाउने प्रयास गरेका थिए ।

तर, जब नारावाजी सुरु भएपछि मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपाने र प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले दुई पक्षका कर्मचारीहरुका नेता राखेर मिलाउने प्रयासमा जुटेका छन् । प्रतिकृया माग्न खोज्दा मुख्य निर्वाचन अधिकृत न्यौपानेले आफू मिलाउने कार्यमा व्यस्त भएका कारण प्रमुख जिल्ला अधिकारीको प्रतिकृया लिन आग्रह गरे ।

याे पनि पढ्नुस  गुल्मीमा कांग्रेस दुई र एमाले तीन स्थानबाट विजयी

प्रमुख जिल्ला अधिकारी अर्यालले कर्मचारी नियुक्तका विषयमा आफुलाई केहि थाह नहुने, उठाईएको विवादलाई समाधान गर्न मुख्य निर्वाचन अधिकृत व्यस्त रहेको प्रतिकृया दिए । वामगठबन्धनका नेता जंग नेपालीले भने–‘ अन्तिम समयमा आएर त्यस्तो विवाद निकाल्दा अरु थुप्रै समस्या सिर्जना हुने भएकोले निर्वाचन आयोगले जसरी खटाउने विधी र प्रकृया छ त्यसरी नै खटाउनुपर्छ अन्यथा यताउति गराउन थाले झन जटिल हुन्छ ।’

श्रोतको अनुसार हिजो केही स्थानहरुका लागि विवाद भएपछि अन्तिम विधिका रुपमा दलका सबै गोलाप्रथा गरिएको थियो । गोला दलका प्रतिनिधीहरुले थुते पछि सोही अनुरुप खटाईन लागेका कर्मचारीहरुलाई पछि कांग्रेसले अस्वीकार गरे पछि विवाद चुलिएको हो ।

कमेन्ट गर्नुहोस्