निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका प्रमुख याेजनाकार पक्राउ

काठमाडौं, मंसिर १७ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका प्रमुख योजनाकार समिरमान सिंह बस्नेतलाई भारतबाट पक्राउ गरेको छ ।

पक्राउमा परेका बस्नेतलाई प्रहरीले राजधानीमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ। गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित प्रयागचोकमा गोली हानी हत्या भएको थियो।

याे पनि पढ्नुस  हत्याकाे विराेधमा निर्माण व्यवसायी महासंघद्वारा आन्दोलन घोषणा

मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गाडीमा रहेका गौचनमाथि गोली प्रहार गरेका थिए। घटनाको छानबिनका लागि डिआइजी गणेश केसीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो। सो समितिले प्रतिवेदन बुझाइसकेको छ।

प्रहरीले यसअघि गौचनको हत्यामा संलग्न सुटरसहित सात जना पक्राउ गरिसकेको छ।

कमेन्ट गर्नुहोस्