प्रचण्डको ऐतिहासिक जित, बाँदरमुढे पीडितहरूद्वारा माडीमा भव्य स्वागत

बसन्तपुर, चितवन, मंसिर १७ । चितवनको बाँदरमुढे घटनाका पीडितहरूले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भव्य स्वागत गरेका छन ।

माओवादी जनयुद्दका क्रममा चितवनको बादरमुढेमा भएको दुर्घटनाका पीडितहरूले माडीमा आयोजित चुनावी कार्यक्रमको क्रममा ब्यानरसहित अध्यक्ष प्रचण्डको स्वागत गरेका हुन ।
अध्यक्ष प्रचण्डलाई स्वागत गर्दै पीडितहरूले बादरमुढेको नाममा धेरैले राजनीति गरेको बताए । “पीड़ितहरूमाथि र केही पीडितहरूले पनि अरु पीड़ितहरूमाथि थप पीडा थोपरेकोले अब आफ्ना समस्याको हल द्वेस र द्वन्दबाट नभइ प्रचण्डको पहलबाट मात्र संभव हुने निर्क्यौलमा पुगेर प्रचण्डको स्वागत गर्न आएका हौ ।” स्वागतपछि अध्यक्ष प्रचण्डसँग ऊनीहरूले भने ।
पीडितहरूसँग छलफलपछि नेकपा माओवादी केन्द्र र पीडितहरूबीच ३ बूँदे सहमती समेत भएको छ ।

माडी नगरपालिका प्रमुखको कार्यकक्षमा भएको सहमती पत्रमा नेकपा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष प्रचण्ड र पीडितहरूका तर्फबाट २९ जनाले हस्ताक्षर गरेका छन ।

सहमतीमा पीडितहरूलाई रोजगारीको व्यवस्था, छोराछोरीलाई शिक्षा र काम गर्न नसक्नेहरूलाई जीवनबृतीको व्यवस्थाका लागि पहल गर्न माओवादी केन्द्रले ज़िम्मेवारी लिने उल्लेख छ ।


कमेन्ट गर्नुहोस्