धन्न टर्यो गुल्मीमा काँग्रेसको चुनाव सार्ने बाहना

गुल्मी, मंसिर १७ । कर्मचारी खटाउने विषयमा लफडा निकालेर नेपाली काँग्रेसले बनाएको चुनाव सार्ने बाहना तत्कालका लागि टरेको छ । काँग्रेसले चाहेका मतदान केन्द्रमा दुई जना सहायक मतदान अधिकृत राख्ने वाम गठबन्धन मन्जुर भएपछि चुनाव सार्ने षड्यन्त्र टरेको हो ।

मूख्य निर्वाचन अधिकृतको कार्यालयले गत मंसिर ११ गते मदतान अधिकृत, सहायक मतदान अधिकृत सहित मतदान केन्द्रका लागि कर्मचारी छनौट गरेको थियो । तर नेपाली काँग्रेसले भने कर्मचारीले नियुक्ति लिने अन्तिम दिन आफ्नो पक्षमा जनमत कमजोर देखिएपछि वामपन्थी पक्षधर कर्मचारीमात्र खटाईएको भन्दै विवाद निकालेका थिए ।

के हो विवाद  ?
मंसिर ११ गते प्रमुख निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीले गोलाप्रथाको आधारमा निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत छानेका थिए । निर्वाचन अधिकृत तथा सहायकहरुको तालिम सम्पन्न भई निर्वाचनमा खटिने केहीले नियुक्ति लिँएपछि काँग्रेसले विवाद निकालेको हो ।

शुरुको अवस्थामा चन्द्र भण्डारीले जित्ने भनेर कार्यकर्ताले रीपोर्ट गरेपनि अन्तिम समयमा चुनाव नजित्ने रीपोर्ट आएपछि काँग्रेस नेताहरु अताल्लिएका थिए । श्रोतका अनुसार पछिल्लो रीपोर्ट अनुसार चुनाव नजित्ने भएपछि कुनै बाहनामा चुनाव सार्ने षड्यन्त्र स्वरुप कर्मचारीको लफडा निकालिएको हो । कर्मचारीको विषयमा कुनै विवाद भए पहिल्यै जानकारी हुन्थ्यो, अन्तिममा आएर यसरी निहुँ निकाल्नु चुनाव सार्ने षड्यन्त्र हो बाम गठबन्धन निर्वाचन परीचालन समितिका एक सदस्यले भने ।

गुल्मीमा २ सय ५१ वटा मतदान केन्द्रमा एक जना मतदान अधिकृत र एक जना सहायक मतदान अधिकृत गोलाप्रगथाको आधारमा छानिएको हो । तर अन्य कर्मचारी चाहिँ राजनीतिक दलका प्रतिनिधि, मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीको समूहले गठन गरेको उच्च्स्तरीय कर्मचारी मण्डलले छानेको हो ।

तर गोलाप्रथा र कर्मचारी छनौटमा ‘राजनीति’ गरेर बुथ नै क्याप्चर गर्ने कोशिश गरिएको आरोप कांग्रेस नेताहरुले लगाएका छन् । २२ ठाउँमा वाम गठबन्धनमा आस्था राख्ने कर्मचारीको मात्रै समूह बनाएर निर्वाचन प्रभावित गर्न खोजिएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।

एकजना सहायक थप वाम गठबन्धन सहमत
आफूले चुनाव हार्ने निश्चित भएपछि सबै कर्मचारीलाई कम्युनिष्ट निकट भनेर लफडा निकालेपनि बाम गठबन्धन भने काँग्रेसको चुनाव सार्ने षड्यन्त्र बुझेर लचिलो बनेको छ । काँग्रेसले ४० ठाउँमा निर्वाचन अधिकृत र सहायकको भूमिका हेरफेर हुनुपर्ने माग राखेपनि बाम गठबन्धनले त्यो अस्वीकार गरेका थिए । अन्त्यमा काँग्रेसले कम्युनिष्ट निकट भनेर आरोप लागाईएका कर्मचारी खटीएका ४० मतदान केन्द्रमा दुई दुई जना सहायक मतदान अधिकृत खटिने भएका छन् ।

कुनै संगठनमा नदेखिएका कर्मचारीलाई पनि कम्युनिष्टको आरोप लगाएपछि कर्मचारीहरु समेत काँग्रेससँग असन्तुष्ट बनेका छन् भने बाँकी पठाउने कर्मचारी पनि आयोगले नपठाई काँग्रेसको कोटामा जानुपर्ने भन्दै बेखुसी छन् ।

कमेन्ट गर्नुहोस्