अज्ञात समूहद्वारा गरगहना लुटियो

पाल्पा, मंसिर १८ । माथागढी गाउँपालिका–२, रूप्से देउरालीका सुरेश नेपालीको घरमा गएराति अज्ञात समूहले लुटपाट गरेका छन् ।

घरमूली सुरेशसहित गाउँका नौजना युवा भलिबल खेल्न बाहिर गएको मौका छोपी तीन जनाको समूहमा आएका युवाले खुकुरी देखाएर लुटपाट गरेका हुन् । श्रीमान् नभएको समयमा बेलुकीपख आएका लुटेराले झुम्का, मंगलसूत्र, औँठी, मडवरी, चन्द्रमा र मोबाइलसमेत लुटेर लगेको सुरेशकी श्रीमती कल्पना नेपालीले बताउनुभयो ।

याे पनि पढ्नुस  निर्वाचनले पाल्पाका मतदातामा उत्साह

“खुकुरी देखाएर मुखमा कपडा कोच्यो, हात खुट्टा बाँध्यो र मेरो नाक कानका गहना, र छिमेकी नन्दहरूको गहना थुत्यो, ३ वर्षको छोरोको कानको मुन्द्री समेत थुतेर लग्यो”, कल्पनाले भन्नुभयो, “बच्चाको भुड्की, कोर्ट, पाइन्ट, चस्मा, लत्ताकपडा, चार र पाँच तोला सुन र नगद चोरी गरेर लगेको छ ।”

याे पनि पढ्नुस  अगुवा कृषकमा मेहनती शशीराज

लुटपाटको जानकारी पाएपछि प्रहरी घटनास्थल पुगी तथ्य संकलन गरि फर्केको छ । त्यस क्षेत्रमा रातभरि गाडी ओहोर दोहोर गरेका छन् ।

कमेन्ट गर्नुहोस्