रुपन्देहीका सबै मतदान केन्द्रमा कर्मचारी पुग्न थाले

भैरहवा, मंसिर १९ । बिहीबार हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि भैरहवाको मतदान केन्द्रहरुमा निर्वाचन सामग्री सहित कर्मचारी पुग्न थालेका छन् ।

चुनावका लागि आवश्यक पर्ने मतपेटिका, मतपत्र, स्वस्तिक छाप, स्टेशनरी सामानलगायतका सामग्री लिएर कर्मचारीहरु मतदान केन्द्रतर्फ लागेको जिल्ला निर्वाचन कार्यालयका अधिकृत गोपाल अर्यालले जानकारी दिए ।

याे पनि पढ्नुस  चुनाव प्रचारको अन्तिम दिन आज

उनले मतपत्र सहितका महत्वपुर्ण निर्वाचन सामग्री मूख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाइएको र त्यहाँबाट सुरक्षाकर्मीको रोहबरमा मतदान स्थलमा पठाइएको जानकारी दिए ।

५ प्रतिनिधि सभा सदस्य र १० प्रदेश सभा सदस्यका लागि २ सय ८ मतदानस्थल र ५ सय ९८ मतदान केन्द्रका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित ४ हजार ७ सय ८४ कर्मचारी खटाइएको छ ।

याे पनि पढ्नुस  ‘सबै निर्वाचनमा एमालेको बहुमत’: ओली

१ उपमहानगरपालिका ५ नगरपालिका र १० वटा गाउँपालिका रहेको रुपन्देहीमा ५ लाख २२ हजार ६ सय २ मतदाता छन् ।

कमेन्ट गर्नुहोस्