ललितपुरमा वडाअध्यक्ष तिमल्सिनामाथि आक्रमण

ललितपुर, मंसिर २० । आशन्न प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनको मौन अवधीमा ललितपुरमा कांग्रेस उग्र हुँदै गएको छ । गएराति ललितपुरको गोटिखेलमा कांग्रेसका भिमसेन घिमिरेको समूहले एमालेबाट निर्वाचित गंगाराम तिमल्सिनालाई हातपात गरेका हुन् ।
राति कांग्रेस कार्यकर्ताका अवान्छित गतिविधी नियाल्न बाहिर निस्केका तिमल्सिनालाई हातपात गरेका हुन् । उक्त घटनापछि बाम गठबन्धन र कांग्रेसका कार्यकर्ताविच झडप समेत भएको छ ।
यसैगरि मौन अवधीमा ललितपुर क्षेत्र नम्बर १ क का नेपाली कांग्रेसको उम्मेदवार ऋषिराम घिमिरे चडेको गाडिले ललितपुरको कालेश्वरमा रोकिराखेको मोटरसाइलकमा ठक्कर दिएको क्षति पु¥याएको स्थानिय निरज घिमिरेले जानकारी दिए ।
ललितपुरको काठ क्षेत्रमा कांग्रेस कार्यकताहरु रातभर घरघरमा पुगेका थिए । मौन अवधि शुरु भएदेखी नै बडिखेल, चापागाउँ क्षेत्रमा उदय समशेर सहित कांग्रेस कार्यकर्ताहरु बडिखेल, चापागाउँ, गोदावरी क्षेत्रमा ६,७ वटा गाडि सहित दौडिरहेका छन् ।
मौन अवधी कांग्रेसका लागि ‘मनि अवधी’ भएको नाम नबताउने सर्तमा बडिखेलका एक युवाले जानकारी दिए ।
ललितपुरको क्षेत्र नम्बर १ र ३ दुवै क्षेत्रमा कांग्रेस र गठबन्धनका विच तिब्र प्रस्तिपर्धा रहेकोले पैसाको चलखेल बढ्दै गएको छ ।

कमेन्ट गर्नुहोस्

याे पनि पढ्नुस  पानीको स्रोतको खोजी शुरु