सिके राउतको निर्देशनमा महादेवा २ मा मतदान बहिष्कार

राजविराज, मंसिर २१ । सप्तरीको क्षेत्र नं २ अन्तर्गत महादेवा गाउँपालिका २ मा अहिलेसम्म मतदान भएको छैन् । कुल ९६० मतदाता रहेका आधारभूत विद्यालय मतदान केन्द्र
का मतदाताले मतदान वहिस्कार गरेका हुन ।

सिके राउतको गाउँ रहेको महादेवा गाउँपालिका २ स्थित आधारभुत विद्यालयमा रहेको मतदान स्थलका स्थानीय मतदाताले मतदान वहिष्कार गरेका हुन ।

याे पनि पढ्नुस  अज्ञात व्यक्तिद्वारा घरमा पार्किङ गरिराखेको जीपमा आगजनी

जिल्लाका कुल २९५ मतदान स्थल मध्ये २ सय ९४ मतदान स्थलमा विहान ७ बजेदेखि नै शान्तिपुर्ण मतदान सुरु भएको छ । तर उक्त स्थानमा भने हालसम्म मतदान सुरु भएको छैन ।

मतदानको सम्पुर्ण तयारी गरेर बसेपनि एकजना पनि मतदाता नआएको मतदान अधिकृत धनेश्वर साहले बताए ।

याे पनि पढ्नुस  गाँजा तस्कर र सशस्त्र प्रहरीबीच गोली हानाहान, ३ पक्राउ

आधारभुत विद्यालय मतदान स्थलमा ९६० मतदाता छन् । मतदाताहरुले पटक–पटक भएका निर्वाचन र ति निर्वाचन मार्फत चुनिएका प्रतिनिधिले विकास निर्माण र नागरीकको जीवनस्तर सुधारमा चासो नदिएकाले मतदान वहिस्कार गर्ने निष्कर्षमा पुगिएको प्रतिक्रिया दिए ।

यहाँ सिके राउतले उर्दी जारी गरेपछि मतदाता भोट हाल्न नगएका बताइए पनि स्थानीयबासीले भने त्यसबारे केही बताएका छैनन् ।

याे पनि पढ्नुस  मोर्चाले गरायो सप्तरीमा प्रेसर कुकर बम विष्फोट

कमेन्ट गर्नुहोस्