कास्की, मंसिर २१ । कास्कीमा १०२ वर्षीय बृद्धले मतदान गरेका छन् ।
मादी गाउँपालिका–८ स्थित ध्रुव मावि मतदान केन्द्रवाट १०२ वर्षीय वामदेव सापकोटाले मतदान गरेका छन् ।
मतदानपछि सापकोटाले चुनावपछि स्थिर सरकार बनेर बृद्धबृद्धालाई भत्ता बढाउने आशा व्यक्त गरे ।