शान्तिपूर्णरुपमा निर्वाचनको महा–उत्सव सम्पन्न, ६७ प्रतिशत मतदान

काठमडौं,मंसिर २१ । संविधान कार्यान्वयनको मुख्य कडीका रुपमा हेरिएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ ।

मतदान सम्पन्न भएपछि निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त अयोधी प्रसाद यादवले केही स्थानमा छिटपुट घटना बाहेक ४५ जिल्ला निर्वाचन उल्लासपूर्ण रुपमा सम्मन्न भएको सबैलाई धन्यवाद दिएका छन् ।

आज सम्पन्न मतदानमा सग्रहमा ६७ प्रतिशत मतदान भएको आयोग प्राम्भिक अनुमान गरेको छ । दोस्रो चरणमा सबैभन्दा बढी गुल्मी जिल्लामा ७१ प्रतिशत मतदान भएको आयोगले जनाएको छ ।
सन्धीखर्कमा नगरपालिकाको नेटामा रहको क र ख मतदान केन्द्रको मतदान सथगित भएको बताउदै छिट्टै अर्को मतदानको अर्को मिति तय हुने प्रमुख आयुक्त यादवले बताए ।प्रत्यक्ष र समानुपातिक गरि प्रतिनिधि

सभाका २७५ सीट र ७ वटा प्रदेशका ५ सय ५० सीटका लागि दुई चरणमा निर्वाचन सम्पन्न भएको थियो । पहिलो चरणको निर्वाचन यही मंसिर १० गते ३२ वटा जिल्लाका ३७ वटा निर्वाचन क्षेत्र र दोश्रो चरणको निर्वाचन आज मंसिर २१ गते ४५ जिल्लाका १२८ निर्वाचन क्षेत्रका सम्पन्न भएको छ ।
दोश्रो चरणको निर्वाचनमा देशका केही निर्वाचन क्षेत्रमा छिटपुट हिंसाका घटना भएपनि निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ ।
यो निर्वाचनसँगै संक्रमणकालको अन्त्य भई शान्तिपूर्ण राजनीतिको युगतर्फ देश अघि बढेको छ ।
नेपाली जनताका प्रतिनिधिहरुले आफैले चुनेको प्रतिनिधिद्वारा बनाइएको संविधान कार्यान्वयनको पहिलो शर्तका रुपमा निर्वाचन रहेको थियो । स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनसँगै देशले नेपालको संविधान २०७२ अन्तर्गतको पहिलो सरकार प्राप्त गर्ने छ ।आज सम्पन्न दोश्रो चरणको निर्वाचनमा उत्साहपूर्वक मतदान भएको छ । बृद्धबृद्धादेखि क्रियापुत्रीहरुले समेत निर्वाचनमा भाग लिएका छन् । निर्वाचनका लागि उच्च सुरक्षा सतर्कताबीच केही स्थानमा भने समर्थकहरुबीच झडप र मतदान केन्द्रमा आगजनीका घटना भएका छन् । प्रदेश नं. २ को एउटा मतदान केन्द्रमा शून्य मतदानको नयाँ रेकर्ड समेत यो निर्वाचनमा देखिएको छ ।
निर्वाचनपछि प्रदेशको अस्थायी राजधानी नामाङ्करण गरिने छ । यो सँगै प्रदेश र केन्द्र सरकारको गठन हुने छ ।

कमेन्ट गर्नुहोस्