डोल्पामा चार गुणा बढी मतले एमाले विजयी

डोल्पा, मंसिर २२ । डोल्पाको प्रदेशसभा ‘क’ मा एमालेका नन्दसिंह बुढा निर्वाचित भएका छन् ।

बुढाले ४ हजार ८५९ मत प्राप्त गरी चार गुणा मतान्तरले विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बेगमसिंह ठकुरीले १२१३ मत प्राप्त गरे ।

प्रतिनिधि सभातर्फ पनि डोल्पामा एमालेकै धनबहादुर बुढा कांग्रेसका अंगद बुढाभन्दा तेब्बर मतसहित अगाडि छन् ।

कमेन्ट गर्नुहोस्