स्याङजामा तनाब, कर्फ्यू आदेश

स्याङजा, मंसिर २२ । नेपाली कांग्रेस र नेकपा एमालेबीच विवाद भएपछि स्याङजामा तनाव भएको छ । विवाद भएपछि अहिलेसम्म मतगणना हुन सकेको छैन । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले कफ्र्यू आदेश जारी गरेको छ ।

प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत् दोस्रो चरणमा भएको निर्वाचनमा स्याङ्जा क्षेत्र नं २ मा काँग्रेस र एमालेबीचको विवादका कारण मतगणना हुन नसकेको हो ।

याे पनि पढ्नुस  भोट हाल्दै देउवाका प्रतिस्पर्धी भट्टले भने-'यसपाली कसैले रोक्न सक्दैन'

प्रतिनिधि सभा सदस्य निर्वाचनमा काँग्रेस र एमालेले एक अर्काले धाँदली गरेको आरोपसहित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएपछि विवाद बढ्दै जाँदा मतगणना सुरु हुन नसकेको हो ।

सो क्षेत्रका निर्वाचन अधिकृत हरिकृष्ण श्रेष्ठले काँग्रेस र एमालेले एक अर्काले बुथ क्याप्चर गरेको आरोप सहित दायर भएको मुद्दा निर्वाचन आयोगमा पठाईएको भन्दै अब निर्वाचन आयोगले गरेको फैसलालाई नै अन्तिम मानेर अघि बढ्ने बताए ।

याे पनि पढ्नुस  मतदानपछि ओलीले भने- चुनाब राेक्ने प्रधानमन्त्रीका सबै प्रयास असफल

त्यहाँ दुबै पार्टीका कार्यालयलाई प्रहरीले लाठी चार्ज गरेर तितरवितर पारेको थियो । निर्वाचन अधिकृत माथि समेत हातपात गर्ने प्रयास भएपछि लाठी चार्ज गरेको छ । साथै त्यसले पनि स्थिती सामान्य नबनेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।

कमेन्ट गर्नुहोस्