ललितपुर २ मा बामगठबन्धनका उम्मेदवार विजयी

ललितपुर मंसिर २३ । ललितपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका कृष्णलाल महर्जन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । महर्जनले २७ हजार ७१३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निटकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्र महर्जनले १६ हजार ९४५ मत प्राप्त गरेका छन् ।
कांग्रेसका चन्द्र महर्जन २०७० को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए भने एमालेका कृष्णलाल चन्द्रसँगै पराजित भएका थिए । यसअर्थमा उनले यसपटक कांग्रेस र चन्द्रसँग बदलासमेत लिएका छन् ।

ललितपुरका अन्य दुई क्षेत्रको मतगणना जारी छ । क्षेत्र नं. १ मा एमालेका उम्मेदवार नवराज सिलवाल र क्षेत्र नं. ३ का माओवादी केन्द्रका उम्मेदवार पम्फा भुसालले अग्रता लिइरहेका छन् ।

क्षेत्र नं. १
बामगठबन्धनका उम्मेदवारः नवराज सिलवाल ८९८६
नेपाली कांग्रेसका उम्मेदवारः उदय शम्सेर राणा ७१६४

 

कमेन्ट गर्नुहोस्