खनाल र नेम्बाङ भारी मतले अगाडि

इलाम, मंसिर २३ । इलाममा वाम गठबन्धनको अग्रता कायमै रहेको छ । एमालेका बरिष्ठ नेता झलनाथ खनाल र पूर्व सभामुख सुभाष नेम्बाङ उम्मेदवार भारी मतान्तरले अगाडि रहेका छन् ।

पछिल्लो ताजा मतपरिणाम अनुसार इलाम क्षेत्र नं १ मा एमालेका उम्मेदवार झलनाथ खनाल १३१७६ मत प्राप्त गरी अग्रस्थानमा रहेका छन । भने उनलाई नेपाली कांग्रेसका भुपेन्दै खत्रीले ७५९४ मत प्राप्त गरी पछ्याई रहेका छन् ।

त्यसैगरी इलाम क्षेत्र नं २ मा एमालेका सुभाषचन्द्र नेम्बाङ १३०५७ मत ल्याएर अगाडि छन् भने उनलाई कांग्रेसका केशव थापाले ९१७१ मत प्राप्त गरी पछ्याई रहेका छन् ।

कमेन्ट गर्नुहोस्