गुल्मीमा माओवादीका दिनेश पन्थी भारी मतले विजयी

गुल्मी, मंसिर २३ । गुल्मी निर्वाचन क्षेत्र नं २ को प्रदेश (ख) प्रदेशसभा वामगठबन्धका उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता दिनेश पन्थी विजयी भएका छन् ।

पन्थीका ८०३७ मत अन्तरले विजयी भएका हुन ।

पन्थीले १७६०१ मत गरे भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका छन्दबहादुर पहराई मगर ९५५४ मत प्राप्त गरेका छन् ।

२०२८ चैत १ गते मदाने गाउँपालिका ७ भनभनेमा जन्मिएका पन्थी २०३७ सालदेखी राजनीतिमा सक्रिय भएका हुन । कम्युनिष्ट आन्दोलनका क्रममा उनी पार्टीको नेतृत्वदायी भूमिकामा रहेर कार्य गर्दै आएका छन् ।

अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेका पन्थी तत्कालिन मालेको गुल्मी जिल्ला सचिव हुँदै अहिले माओवादीको गुल्मी जिल्ला ईन्चार्ज र पार्टीको पोलिटव्युरो सदस्य हुन ।

पार्टी भित्र सोझा र इमानदार नेताका रुपमा चिनिने नेता पन्थीले राजनीतिक शास्त्रमा विएसम्मको अध्ययन पूरा गरेका छन् ।

कमेन्ट गर्नुहोस्