अर्घाखाँची, नेकपा माओवादी केन्द्रका नेता टोप बहादुर रायमाझी दोब्बर मतले अगाडि छन ।
अर्घाखाँचीमा हिजो राती १२ बजेबाट मतगणना शुरू भएको थियो ।
प्रारम्भीक मत परिणाम अनुसार माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले ६ हजार २ सय ४८ मत प्राप्त गरेका छन् । कांग्रेसका राम बहादुर विसीले ३ हजार ८ सय ६६ मत प्राप्त गरेका छन् । यसैगरी आँखा ९४, हलो २४, भाले १२, तराजु ५३ र स्वतन्त्र उम्मेदवारको २५ मत आएको छ ।
मतगणना स्थललाई तारले घेरीएको छ । राजनीतिक दलका प्रतिनिधीहरुलाई तार बाहिरबाट हेर्ने तथा बस्ने व्यवस्था मिलाईएको छ । उक्त स्थलमा सुरक्षा व्यवस्था कडा पार्दै सिसी टिभिबाट समेत निगरानी भईरहेको मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेलले बताए ।