कञ्चनपुर मतगणनाको पछिल्लो अपडेट

कञ्चनपुर, मंसिर २४ । कञ्चनपुर सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार फराकिलो मतान्तरले अगाडि रहेका छन । भने क्षेत्र १ को प्रदेश (क) का वाम उम्मेदवार तारालामा तामाङ विजयी भइसकेका छन् ।

त्यस्तै क्षेत्र नं १ का माओवादी उम्मेदवार बिना मगर पनि दोब्बर मतान्तरले अगाडि रहेकी छन । पछिल्लो मत परिणाम अनुसार बिना मगरले २२ हजार ३९७ प्राप्त गरी अगाडि छन । भने उनलाई नेपाली कांग्रेसका दिवानसिंह बिष्ट ११ हजार ५१५ मत प्राप्त गरी पछ्याई रहेका छन् । उनीहरुबीच १० हजार ८२० मतको अन्तर छ ।

तारालामा तामाङले नेपाली कांग्रेसका गोपालसिह गुरुङलाई १० हजार ७२५ मतान्तरले पराजित गरे । तामाङ २० हजार १५ मत प्राप्त गरी विजयी भएका हुन । भने गोपालसिह गुरुङले ९२९० मत प्राप्त यरे ।

प्रदेश सभा ख
कुलविर चौधरी, एमाले ७३२९
राम लाल राना, नेपाली काँग्रेस ५४४५

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २
नरबहादुर धामी, एमाले २४९५४
नारायणप्रकाश साउद, नेपाली काँग्रेस १८५९०

प्रदेश सभा क
महेशदत्त जोशी, माओवादी केन्द्र १५२३५
पुष्‍कर राज ओझा, नेपाली काँग्रेस १०५१२

प्रदेश सभा ख
लालबहादुर खडका, एमाले १४७८१
बहादुरसिंह थापा, काँग्रेस १०३०५

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं ३
दीपकप्रकाश भट्ट, एमाले १८३२९
रमेश लेखक, नेपाली काँग्रेस १७८२१

प्रदेश सभा क
प्रकाश रावल, एमाले ७०९०
यज्ञराज जोशी, नेपाली काँग्रेस ७०९२

प्रदेश सभा ख
मानबहादुर सुनार, माओवादी ७२९६
बेलबहादुर राना मगर, कांग्रेस ६८४५

कमेन्ट गर्नुहोस्