साँझ ६ बजेको चितवन अपडेट

चितवन, मंसिर २४ । जिल्लामा जारी मतगणनाको अन्तिम परिणामअनुसार प्रतिनिधिसभातर्फ क्षेत्र नं २ मा नेकपा एमालेका कृष्णभक्त पोखरेल विजयी भएका हुन । पोखरेलले ४४ हजार ६७० प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकाका शेषनाथ अधिकारीले २७ हजार ३१४ मत प्राप्त गरे । पोखरेलले १७ हजार ३५७ मतान्तरले अधिकारीलाई पराजित गरेका हुन ।

जिल्लाका ६ प्रदेशसभामध्ये चार स्थानमा यसअघि नै वाम गठबन्धनका उम्मेदवार विजयी भइसकेका छन । अन्य दुई ठाउँको मतगणना जारी छ । प्रतिनिधिसभातर्फ जिल्लाको क्षेत्र नं १ मा नेकपा एमालेका सुरेन्द्र पाण्डे अग्रस्थानमा छन्। उनलाई नेपाली कांग्रेका राजेन्द्र बुर्लाकोटीले पछ्याइरहेका छन्

साँझ ६ बजेसम्म पाण्डेले ३२ हजार ०४९ मत र बुर्लाकोटीले २२ हजार ७९८ मत प्राप्त गरेका छन । यस क्षेत्रमा एक लाख १९ हजार ९९८ मतदाता रहेकामा ८९ हजार ७४६ मत खसेको थियो । साँझ ६ बजेसम्म ५६ हजार ९८७ मत गणना भएको छ ।

यसैगरी क्षेत्र नं ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अग्रस्थानमा छन् । उनलाई राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेले पछ्याइरहेका छन । पछिल्लो मत परिणाम अनुसार प्रचण्डले २२ हजार २०३ मत प्राप्त गरेका छन भने पाण्डेले १७ हजार १५८ मत प्राप्त गरेका छन ।

सो क्षेत्रमा एक लाख २५ हजार ८१८ मतदाता रहेकामा ९३ हजार ८२६ मत खसेको छ । साँझ ६ बजेसम्म ४० हजार ७२४ मत गणना भइसकेको छ ।

कमेन्ट गर्नुहोस्