कैलाली-४ बाट लेखराज भट्ट विजयी

कैलाली क्षेत्र न. ४ बाट नेकपा माओवादी केन्द्र प्रदेश नम्बर ७ का इंचार्ज लेखराज भट्ट विजयी भएका छन ।

लेखराज भट्टले  ३१३५९ मत प्राप्त गरे ।

उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका नेता सुनिल भण्डारिले २०९६० मत पाएका छन ।

भट्ट यसअघि दुई पटक मन्त्री भैसकेका छन ।

भट्टको विजयसितै प्रदेश नम्बर ७ मा माओवादीले बलियो उपस्थिति देखाएको छ ।

 

यसअघि प्रतिनिधि सभाका लागि कंचनपुर १ बाट बिना मगरले जीतेकी छिन ।

प्रदेश सभामा समेत माओवादीका अधिकांश उम्मेदवार विजयी भएका छन ।

कमेन्ट गर्नुहोस्