विजयी र्‍यालीबाट फर्कदा दुर्घटनामा परी मृत्यु

काठमाडौं, मंसिर २५ । नुवाकोटको शिवपुरी गाउँपालिका–३ काउलेमा मोटरसाइकल दुर्घटना हुँदा मनोज श्रेष्ठको मृत्यु भएको छ ।

नुवाकोटमा प्रतिनिधि र प्रदेशसभा सदस्यमा वामगठबन्धनका उम्मेदवार निर्वाचित भएपछि विदुरमा निकालिएको विजयी र्‍यालीमा सहभागी भएर फर्कदै गर्दा सोमबार विहान बिहान २ बजे काउलेमा मोटरसाकइल दुर्घटना हुँदा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ पाटीभञ्ज्याङका १९ वर्षीय श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  बस र ट्रक ठोक्किँदा ३१ जना घाइते

श्रेष्ठले चलाएको बा२८प २१९४ नंं को मोटरसाइकल अनियन्त्रित भएर सडकबाट २०० मिटर तल पुग्दा घटनास्थलमा नै श्रेष्ठको ज्यान गएको प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्