पार्टी पराजयबारे आरजुले यस्तो भनिन

धनगढी । नेपाली काँग्रेसकी नेतृ आरजु राणाले पराजयको प्रमुख कारण पार्टीभित्रको असन्तुष्टि भएको बताएकी छन् ।

कैलालीको धनगढीमा सोमबार बिहान पत्रकारहरुसँग कुरा गर्दै नेतृ राणाले पार्टीकै नेता–कार्यकर्ताहरुको असहयोगका कारण निर्वाचनमा पराजित भएको बताएकी हुन् । आफ्नो पराजयको प्रमुख कारण नेता पुष्करनाथ ओझाका आरजु हराउ अभियान भएको बताइन ।

याे पनि पढ्नुस  कैलालीको भासु भीरमा महिनौँ पूरानो सडेको अवस्थामा शव फेला

‘‘पार्टीभित्रको आन्तरिक विवादका कारण नेता तथा कार्यकर्ताहरुले सहयोग गरेनन् । र हामीले त्यसलाई बेलैमा सम्बोधन पनि गर्न सकेनौं ।’ उनले भनिन्, ‘‘कैलालीमा रहेको जातीय र भेगीय नाराले पनि समस्या पार्यो ।’

कैलाली क्षेत्र नम्बर ५ मा रहेका चौधरी थारु र राना थारु समुदायको ‘सेन्टीमेन्ट क्याच’ गर्न नसक्नु आफ्नो हारको कारण भएको नेतृ राणाको भनाइ थियो ।

याे पनि पढ्नुस  सबै वडामा खेल मैदान बनाउँदै छौंः मेयर वड

आरजुलाई वामगठबन्धनका एमाले उम्मेदवार नारदमुनि रानाले पराजित गरेका हुन ।

कमेन्ट गर्नुहोस्