विराट र अनुष्काले इटालीमा सुटुक्क विवाह गरेपछि‍‍‍…

मंसिर २५ । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र अभिनेत्री अनुष्का शर्माले इटाली पुगेर विवाह गरेका छन्।  उनीहरुले सोमबार बिहान एक निजी समारोहका बीच विवाह गरेका हुन्। उनीहरु दुवै २९ वर्षका भए ।

यद्यपि उनीहरुको विवाहको औपचारिक घोषणा गरिएको छैन । केही दिनयता उनीहरुको विवाहबारे विभिन्न अनुमान चल्दै आएका थिए। विवाह समारोहमा परिवारका निकट व्यक्तिहरु मात्र उपस्थित रहेको बताइएको छ।

उनीहरुले यसै महिना मुम्बइमा एक भव्य पार्टी दिने योजना पनि बनाएको सञ्चारमाध्यमले दावी गरेका छन्। सो पार्टीमा क्रिकेट र फिल्म क्षेत्रका हस्तीहरु उपस्थित हुने अनुमान गरिएकाे छ ।

सन् २०१३ मा स्याम्पुमको विज्ञापन सुटिङका क्रममा उनीहरुको पहिलो भेट भएको बताइन्छ । त्यसपछि उनीहरुबीचको सम्बन्धका बारेमा लगातार चर्चा चलिरह्यो । बेला बखत उनीहरुको ब्रेकअप भएको हल्ला पनि नचलेको होइन । तर यस विषयमा दुवै सधै मौन रहे ।

जे होस् मन्सुर अली खान पटौदी र शर्मिला टैगोरबाट सुरु भएको बलिउड–क्रिकेट विवाहको पछिल्लो कडी अनुष्का र विराटसम्म आइपुगेको छ ।

कमेन्ट गर्नुहोस्