टोपबहादुर रायमाझीको ह्याट्रिक

अर्घाखाँची, मंसिर २५ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले प्रतिनिधिसभा निर्वाचनमा ‘ह्याट्रिक’ गरेका छन् ।

एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको अर्घाखाँची जिल्लामा वाम गठबन्धनका उम्मेदवार रायमाझीले १८ हजार ४०० को फराकिलो मत अन्तरले जीत हात पारेका हुन । उनले २०६४, २०७० र अहिलेसमेत गरी लगातार तीन पटक जीत हात पारे ।

याे पनि पढ्नुस  टोपबहादुर रायमाझीलाई सचिवालय सदस्य खड्काको चुनौती

रायमाझी ५० हजार ३८५ मत प्राप्त गरी विजयी भएका हुन । उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका डा रामबहादुर बिसीले ३१ हजार ९४१ मत प्राप्त गरे । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ८९ हजार २४० मत खसेकामा तीन हजार १५० मत बदर भएको छ ।

याे पनि पढ्नुस  अर्घाखाँचीका तीन दर्जन युवा व्यवसायी माओवादीमा प्रवेश

माओवादी नेता रायमाझीले २०६४ सालमा काँग्रेसका मानबहादुर विक र २०७० सालमा डा बिसीलाई नै पराजित गरेका थिए । प्रदेशसभातर्फ पनि दुबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार अगाडि रहेका छन्।

कमेन्ट गर्नुहोस्