लगातार तीनपटक विजयी मन्त्री प्रभुु साहलाई ५१ किलोकोे माला

रौतहट, मंसिर २६ । निर्वाचन क्षेत्र नं‍. ३ बाट लगातार तेस्रो पटक जित हात पार्न सफल नेकपा माओवादी केन्द्रका मन्त्री प्रभुु साहलाई ५१ किलोको माला लगाएर स्वागत गरिएको छ ।

वाम गठबन्धनतर्फबाट प्रतिनिधिसभा सदस्यमा फराकिलो मतअन्तरले विजयी हुुनुुभएका उहाँलाई कटहरियाका बसिन्दाले ५१ किलो बराबरको माला लगाएर स्वागत गरेका हुन् ।

याे पनि पढ्नुस  सेफ्टी ट्याङ्कीमा निस्सासिएर ३ जनाको मृत्यु

नेपाली काँग्रेसका उम्मेदवार सुुनिलकुुमार यादवलाई प्रतिनिधिसभाको निर्वाचनमा झण्डै १० हजारको फराकिलो मतअन्तरले पराजित गरी मन्त्री साह विजयी हुनुभएपछि स्थानीय वाम गठबन्धनका युुवा संगठनले उहाँको स्वागतमा सांंस्कृतिक कार्यक्रम समेत गरेका थिए ।

नवनिर्वाचित सांसद एवं बिनाविभागीय मन्त्री साहले यो ऐतिहासिक जित पूरै क्षेत्र, जिल्ला र समग्र देशकै जित भएको बताउनुुभयो । राजनीतिक स्थिरता, स्थायी सरकार र विकासको निमित्त वाम गठबन्धनलाई मत दिएका सबै मतदाताप्रति उहाँले कृतज्ञता व्यक्त गर्नुुभएको थियो ।
सो अवसरमा प्रदेशसभास सदस्यका लागि ‘क’ बाट निर्वाचित वाम गठबन्धनकै नागेन्द्र यादव, ‘ख’ बाट निर्वाचित कुुन्दन कुुशवाहालाई समेत स्वागत गरिएको थियो ।

याे पनि पढ्नुस  गृह जिल्ला रौतहटको निर्वाचन प्रचारमा सक्रिया सहरी विकास मन्त्री प्रभू साह

मन्त्री साहले दुुईपटक संसदीय समितिका सभापति, कानून मन्त्री, भूमिसुुधार मन्त्री, शहरी विकास मन्त्रीको नेतृत्व समेत सम्भालिसक्नुभएको छ ।

कमेन्ट गर्नुहोस्