समानुपातिकमा एमाले अगाडि

भोजपुर, मंसिर २६ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको मतगणनानुसार नेकपा९एमाले०ले सबैभन्दा धेरै मत प्राप्त गरेको छ ।

प्रत्यक्षतर्फको मतगणना सकिएपछि शुरु भएको समानुपातिकतर्फको मतगणना गए राति सकिँदा एमालेले २५ हजार ९९, नेपाली काँग्रेसले १५ हजार ७१० र माओवादी केन्द्रले ११ हजार १५४ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जनाएको छ । प्रतिनिधिसभामा कुल ६५ हजार ९०८ मत खसे पनि नौ हजार १५ मत बदर भएको थियो ।

याे पनि पढ्नुस  रुसमा राष्ट्रपति निर्वाचनः पुटिनको मत ७६.६७ प्रतिशत

प्रदेशसभा (क) मा एमालेले १२ हजार १९१, काँग्रेसले सात हजार ९६० मत र माओवादी केन्द्रले चार हजार ९३७ मत ल्याएको छ । प्रदेशसभा ९ख० मा भने एमालेले ११ हजार ३३१, काँग्रेसले पाँच हजार ५४४ र माओवादी केन्द्रले छ हजार ९३ मत ल्याएको सहायक निर्वाचन अधिकृत मणिराम पोखरेलले जानकारी दिए ।

याे पनि पढ्नुस  भारतमा आजबाट निर्वाचन शुरु

कमेन्ट गर्नुहोस्