नेपालको लगातार दोस्रो जित

मंसिर २६ । १६ वर्षमुनिको एसीसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालसँग हङकङ पराजित भएको छ । मंगलवार भएको खेलमा हङकङलाई ४ विकेटले हराउँदै नेपालले सेमिफाइनलको यात्रा तय गरेको हो ।

थाइल्यान्डमा जारी एसीसी यू १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गर्दै सेमिफाइनल पुग्ने सम्भावनलाई बलियो बनाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको हङकङले छाडेको ८३ रनको लक्ष्य नेपालले २४ दशमलव १ ओभरमा ६ विकेट गुमाएर ८४ रन जोड्दै जित हासिल गरेको थियो ।

याे पनि पढ्नुस  दिपेन्द्रले मलेसियासँगको टी–२० सिरिज गुमाउने

नेपालको जितमा त्रितराज दासले सर्वाधिक २७ रन जोडे । उनले ४६ बलमा ३ चौका प्रहार गरेका थिए । ओपनर राजन मगरले १७, सुनिल भण्डारीले अविजित ११ र विशाल विक्रम केसीले ११ रन बनाएका थिए । अर्का ओपनर कुशल मल्ल र नारायण जोशीले समान २ रन जोड्दा कप्तान रित गौतमले रनको खाता खोल्न सकेनन् ।

याे पनि पढ्नुस  आइपीएलः मुम्बईको दोस्रो हार, पन्जाव ८ विकेटले विजयी

नेपाली टोलीका लागि प्रतिश जिसी र अजय कुमार लोनियाले उच्च प्रदर्शन गरेपछि हङकङ कम स्कोरमा समेटिएको हो । दुई दिनपछि समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारको सामना गर्नेछ ।

कमेन्ट गर्नुहोस्