घरदैलो अभियानमा पोखरेल, मतदाताद्वारा भव्य स्वागत

गौशाला, मंसिर २६ । महोत्तरी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि नेकमा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले मंगलबार पनि घरदैलो अभियानलाई निरन्तरता दिए । विजयी भए लगत्तै सोमबारदेखि नै मतदाताको घरघरमा पुगेर मन्त्री पोखरेलले मतदातालाई आभार व्यक्त गरे ।
महोत्तरी १ बाट प्रतिनिधि सभा सदस्यमा अत्यधिक मतले बिजयी गराएको भन्दै पोखरेलले आम मतदातालार्इ घरैमा पुगेर धन्यवाद व्यक्त गरेका हुन ।

मतदाता सङ्गको प्रत्यक्ष भेटमा उनले चुनावको बेला आफुले बोलेको कुरा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । समग्र महोत्तरीको विकासको निम्ति निरन्तर कृयाशिल रहने वाचा गर्दै पोखरेलले जनतको सुखदुःखमा सधै साथमा रहने बताए ।
हिजो महोत्तरीको सदरमुकाम जलेश्वरबाट शुरु भएको बिजय र्याली एवम् घरदैलो कार्यक्रमले आज पनि निरन्तरता पाएको छ ।

आज बर्दिबासबाट शुरु भएको घरदैलो कार्यक्रम गौशाला नगरपालिकाको विभिन्न वडामा पुगेर मन्त्री पोखरेलले मतदातालाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

घरदैलोको क्रममा गौशाला नगरपालिकाको ढल्केवर, भ्याण्टाबारी, रामनगर, गौशला, निगौल, रजखोर र जिरो माइल लगायतका टोल टोलमा पोखरेल पुगेका थिए ।
बाम गठबन्धनका साझा उम्मेदवार पोखरेलले सङघिय समाजवादी फोरमका लक्ष्मी महतोलाई ४२८४ मत अन्तरले पराजित गर्दै महोत्तरी १ को प्रतिनिधि सभामा बिजयी भएका हुन ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य एवम् बिना बिभागिय मन्त्री पोखरेलले २३७७६ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकतम प्रतिद्वन्दी महतोले १९४९२ मत ल्याउनुभएको थियो ।
घरदैलोको क्रममा महोत्तरी जिल्ला प्रतिनिधि सभा(१ को प्रदेश सभा १ बाट बिजयी सारदादेवी थापा र प्रदेश सभा २ बाट बिजयी भरतप्रसाद शाहलाई पनि मतदाताले भव्य स्वागत गरेका थिए ।

मतदाताद्वारा पोखरेलको भव्य स्वागत
महोत्तरी जिल्ला क्षेत्र नम्बर १ का मतदाताले प्रतिनिधि सभामा बिजयी माननीय मन्त्री गिरिराजमणि पोखरेलको भव्य स्वागत गरेका छन ।

बर्दिबासबाट शुरु भएको घरदैलो अभियानको क्रममा मतदातालाई धन्यवाद दिन आउनुभएका पोखरेललाई मतदाताले भव्य स्वागत गरेका हुन ।
महोत्तरीबाट लगातार तीन पटक सम्म बिजय हुनुभएका पोखरेल सामाजिक र विकासवादी नेता भएको भन्दै स्थानीयले भव्य स्वागत गरेका छन । पोखरेल कै कारण महोत्तरीले मुहार फेरेको बताउदै अझै जिल्लाको विकास हुने स्थानीयले विश्वास लिएको बताएका छन ।

घरदैलोको क्रममा पोखरेललाई स्थानीय मतदाताले प्रत्येक घर घरबाट फुलमाला र अबिर लगाएर सम्मान व्यक्त गर्नुभएको थियो । सयौं बालक, युवा, महिला र वृद्धहरुले पोखरेललाई भव्य स्वागत गरेका थिए ।
घरदैलोको क्रममा विभिन्न नाचगान सहितको हजारौंको भव्य र्याली निस्किएको थियो । घरदैलोको क्रममा महोत्तरी जिल्ला प्रतिनिधि सभा(१ को प्रदेश सभा(१ बाट बिजयी सारदादेवी थापा र प्रदेश सभा २ बाट बिजयी भरतप्रसाद शाहलाई पनि मतदाताले भव्य स्वागत गरेका थिए ।

कमेन्ट गर्नुहोस्