जरिन खानको बलिउड चलचित्र ‘हरर’ को ट्रेलर सार्वजनिक

मंसिर २६ । बलिउड क्षेत्रमा नयाँ हरर फिल्मको ट्रेलर रिलिज भएको छ । फिल्मको नाम हो ‘१९२१’ । फिल्ममा करण कुन्द्रा र जरीन खान लीड रोलमा छन् । फिल्मको कथा आयुष नामको एक युवकको वरिपरि घुम्छ जो इन्डियाबाट इंग्ल्यान्डमा म्यूजिक सिक्नका लागि जान्छन् ।

याे पनि पढ्नुस  कामको बेला अरु कुरामा ध्यान दिन्न: कल्की

कहानी त्यसपछि रोमान्चक हुदै जान्छ । आयुषको जिन्दगीमा अचानक परिवर्तन आउछ र उनले प्रेत आत्माको सामना गर्नुपर्ने देखिन्छ ।

अब आयुष र प्रेत आत्मा बिचको लडाईमा कसको जित हुन्छ पुरा चलचित्रमा यसमा नै समेटिएको छ । प्रेत आत्मा संगको यो लडाईमा नायिका जरिन खानले आयुष अर्थात करणलाई साथ दिन्छिन । फिल्मको लोकेशन लोभलाग्दो छ । फिल्मलाई विक्रम भट्टले निर्देशन गरेका हुन् । विशेषतः विक्रम भट्ट बलिउडमा हरर फिल्म बनाउने निर्देशकको रुपमा चर्चित छन् ।

याे पनि पढ्नुस  महिलाको कथामा फिल्म बनाउने निर्देशक नै खराबः ऋचा

उनले ‘राज’, ‘हन्टेड’ र ‘१९२०’ जस्ता हरर फिल्म निर्देशन गरिसकेका छन् । ‘१९२१’ जीवन र मृत्युको बीचको संघर्षमा आधारित छ । यो फिल्म १२ जनवरी २०१८ मा प्रदर्शन हुँदैछ । फिल्म ‘१९२१’ मा ‘१९२०’ को जस्तो प्रमुख जोडी बीच रोमान्टिक तथा भावनात्मक कथा देख्न पाइनेछ ।

कमेन्ट गर्नुहोस्