नवविवाहित जोडी अनुष्कार र विराट हनिमुनका लागि

मंसिर २७ । नवविवाहित जोडी विराट कोहली र अनुष्का शर्मा वैवाहिक सम्बन्ध सुरुवातका लागि हनिमुन रोममा मनाउने भएका छन् ।

मुम्बई मिररकी रिपोट्सका अनुसार– यी जोडी त्यहाँ एक हप्तासम्म बस्ने जनाएको छ ।’ बताएअनुसार डिसेम्बर ११ मा यी दुई जोडीले इटालीको टस्कनीमा विवाह बन्धनमा बाँधिएका हुन् ।

अर्काे रमाइलो कुरा के हो भने नवविवाहित जोडी विराट र अनुष्का हनिमुनका लागि रोम पुगेका छन् भने रोमबाट उनीहरुको परिवार इण्डिया आउनका लागि निस्किएका छन्। हनिमुनबाट फर्किने बित्तिकै अनुष्का र विराटको विवाहको रिसेप्सन अर्गनाइजेशन गर्ने भएका छन् ।

यहाँ हुने छ विवाहको रिसेप्शन पार्टी

पहिलो वेडिङ्ग रिसेप्सन डिसेम्बर २८ को दिन दिल्लीमा हुनेछ, यो विराट–अनुष्काको आफन्तको लागि हुनेछ । दोस्रो रिसेप्शन पार्टी डिसेम्बर पार्टी डिसेम्बर २६ मा मुम्बईमा हुनेछ । जहाँ बलिउड सुपरस्टार र क्रिकेट वल्र्डकी खेलाडीहरुको लागि हुनेछ ।

मुम्बईमा हुने भनिएको रिसेप्शनमा सचिव तेण्डुलकर, युवराज सिंह, हरभजन सिंह, रोहित शर्मा, महेंद्र सिंह धोनी सहभागी हुनसक्छ । बलिउड क्षेत्रबाट आदित्य चोपडा, रानी मुखर्जी, अमिताभ बच्चन, शाहरुख खान, आमिर खान सहभागी हुनेछ ।

अनुष्का शर्मा र विराट कोहलीको विवाहको ड्रेस डिजाइनर सब्सयाचीले डिजाइन गरेका थिए । अनुष्का शर्माको ड्रेस लाइट पिंक लेहेङ्गा डिजाइन गरेका छन् भने विराट कोहलीले सेतो कलरको सेरवानी लगाउने भएका छन् ।

कमेन्ट गर्नुहोस्