एक दिवसीय क्रिकेटमा तेस्रो दोहोरो शतक बनाउने शर्मा पहिलो क्रिकेटर

नयाँदिल्ली, मंसिर २७ । भारतीय क्रिकेटर रोहित शर्माले एक दिवसीय क्रिकेटमा तेस्रो पटक दोहोरो शतक पूरा गरेका छन्।

नियमित कप्तान विराट कोहलीको अनुपस्थितिमा टोलीको कप्तानसमेत रहेका शर्माले श्रीलंका विरुद्ध एक दिवसीय शृंखलामा मोहालीको दोस्रो एक दिवसीयमा १ सय ५३ बलमा १३ चौका र १२ छक्काको सहयोगले अविजित २ सय ८ रन बनाएका हुन।

एक दिवसीय क्रिकेटमा तेस्रो पल्ट दोहोरो शतक बनाउने उनी एक मात्र व्याट्सम्यान हुन्। उनले सन् २०१३ मा पहिलो पल्ट अस्ट्रेलिया विरुद्ध २ सय ९ रन बनाएका थिए। सन् २०१४ मा उनले श्रीलंका विरुद्ध नै कोलकाताको इडेन गार्डेनमा २ सय ६४ रन बनाएका थिए।

रोहितले बुधबार भएको खेलमा पछिल्लो सय रन ३५ बलमै पूरा गरेका थिए। नियमित कप्तानी विराट कोहली विवाहका लागि अहिले इटालीमा रहेको बताइएको छ । उनले भारतीय अभिनेत्री अनुष्का शर्मासँग १० डिसेम्बरमा विवाह गरेका हुन ।

कमेन्ट गर्नुहोस्