तत्काल राष्ट्रियसभा निर्वाचन कानुन उपलव्ध आयोगको माग

चौधरीको प्रमाणपत्र संसद सचिवालयमा बुझाइने

काठमाडौं, मंसिर २७ । प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले राष्ट्रिय सभा निर्वाचन सम्बन्धि कानुन तत्काल उपलव्ध गराउन सरकारसँग आग्रह गरेका छन् ।

बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा प्रमुख आयुक्त यादवले समय कम भएकाले राष्ट्रिय सभा निर्वाचन सम्बन्धि कानुन तत्काल उपलव्ध गराउन सरकारसँग आग्रह गरे ।

कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय जनता पार्टीका रेशमलाल चौधरीको साँसद सदस्यको प्रमाणपत्र प्रदान गर्ने विषयमा भएको विवादको विषयमा प्रमुख निर्वाचन आयुक्त यादवले उम्मेद्वारी दर्ता गराउने विषयमा वारेसनामको व्यवस्था भएको तर प्रमाणप्रत्रका विषयमा कानुनले केही नबोलेकाले आयोगले चौधरीको प्रमाणपत्र संसद सचिवालयमा बुझाउने बताए ।

प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आयोग छोटो समयको निर्वाचन मतदाता शिक्षा कार्यक्रमका बाबजुद पनि वदर मत घटाउन सहयोग गरेको वताउदै ५ दशमलव १८ प्रतिशत मत मात्र वदर भएको बताए ।

कमेन्ट गर्नुहोस्