समानुपातिकतर्फ एमालेले २५ लाख मत कटायो, कांग्रेस पछ्याउँदै

काठमाडौं, मंसिर २८ । प्रतिनिधिसभातर्फको समानुपातिक मतगणनामा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।

प्रत्यक्षतर्फको निर्वाचनमा सबैभन्दा बढी सिट जितेको एमालेले समानुपातिककमा पनि सबैभन्दा बढी मत ल्याएको हो ।

निर्वाचन आयोगले दिएको तथ्यांक अनुसार जम्मा खसेका १ करोड ५ लाख मतमध्ये हालसम्म नेकपा एमालेले २५ लाख ६८ हजार ४०५ मत प्राप्त गरेको छ ।

याे पनि पढ्नुस  मतपेटिका सुरक्षा व्यवस्था: मुसा पनि छिर्न नसक्ने !

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २४ लाख ८३ हजार ३८६ मत प्राप्त गरेको छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले १० लाख १७ हजार १०६, संघीय समाजवादी फोरमले ३ लाख ४५ हजार मत कटाएको छ ।

राजपाले २ लाख ९१ हजार, राप्रपाले १ लाख ६८ हजार, विवेकशील साझा पार्टीले १ लाख ६८ हजार, नयाँ शक्ति पार्टीले ६७ हजार मत ल्याएको छ ।

याे पनि पढ्नुस  रुपन्देहीका सबै मतदान केन्द्रमा कर्मचारी पुग्न थाले

त्यस्तै राप्रपा प्रजातान्त्रिकले ६२ हजार, राष्ट्रिय जनमोर्चा ४० हजार मत पाएका छन् । अरु दलले २ लाख ६३ हजार मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

कमेन्ट गर्नुहोस्