समानुपातिक मतगणना अपडेट: यस्ताे छ दलगत स्थिति

काठमाडौं, मंसिर २९ ।

समानुपातिक मतगणनाको दलगत स्थिति

एमाले, ३००१७८४

नेका, २९२०२०५

माओवादी, १२०३४५१

ससफो, ४२३८८५

राजपा, ३८९५३४

साझा,२००१९३

राप्रपा,१८९५००

नयाँ शक्ति, ७६३६०

नेमकिपा,५२८३८

अन्य, ३०५४७७

प्रतिनिधि र प्रदेश सभा निर्वाचनको सबै मतगणना आज सकिँदैछ । निर्वाचन आयोगले आजसम्ममा समानुपातिकतर्फको मतगणना सकिने जनाएको हो । प्रत्यक्षतर्फको मत गणना भने यसअघि नैं सकिएको छ ।

हालसम्मको मत परिणाममा समानुपातिकतर्फ पनि नेकपा एमालेले नैं अग्रता कायम राखेको छ । प्रत्यक्षतर्फको निर्वाचनमा सबैभन्दा बढी सिट जितेको एमालेले समानुपातिकमा पनि सबैभन्दा बढी मत ल्याएको हो ।

निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार हालसम्म करिब ८७ लाख मत गणना गरिएको  छ ।

 

कमेन्ट गर्नुहोस्