यस्तो छ प्रतिनिधिसभा समानुपातिक प्रणालीको पछिल्लो मतपरिणाम

काठमाडौं, मंसिर २९ । पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा नेकपा एमाले सबैभन्दा अगाडि रहेको छ ।

निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो मतपरिणाम अनुसार, नेकपा एमालेले ३१ लाख १० हजार १४४, नेपाली कांग्रेसले ३० लाख ४१ हजार ५५७, नेकपा माओवादी केन्द्रले १२ लाख ६४ हजार ३४२ र संघीय समाजवादी फोरमले नेपालले चार लाख ५४ हजार ४१९ मत प्राप्त गरेको छ ।

यस्तै, राष्ट्रिय जनता पार्टी, नेपालले चार लाख ३८ हजार ९०८, विवेकशील साझा पार्टीले दुई लाख दस हजार ९४३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९२ हजार ९८५ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फको हालसम्म ९२ लाख ५४ हजार ४४२ मतगणना पूरा भएको आयोगले जनाएको छ ।

कमेन्ट गर्नुहोस्