पहिलाे पटक अन्तर्राष्ट्रिय ह्विल चेयर क्रिकेट

बंगलादेशलाई हराउँदै नेपाल ह्विलचेयर क्रिकेट च्याम्पियन

काठमाडौं, पुस १ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको पहिलो अन्तर्राष्ट्रिय ह्विल चेयर क्रिकेट उपाधि नेपालले जितेको छ। बंगलादेशलाई ५४ रनले हराउँदै नेपालले जित हासिल गरी फाइनलमा पुग्न सफल भएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६० रन बनायो। नेपालका लागि दिगम चेम्जोङले अविजित ७९ रनको योगदान दिए। ६२ बल खेलेका उनले १० चौका प्रहार गरेका थिए।

याे पनि पढ्नुस  दक्षिण अफ्रिका र भारत बीच वान डे म्याच सुरु हुँदै, खेल्नु पहिले नै भयो यस्तो

यस्तै नवीन राईले ५९ रन बनाए। ५२ बल खेलेका उनले ८ चौका प्रहार गरे।

जंगबहादुर थापा ४ रनमा एलबिडब्लुको धरापमा परे भने विपिन पौडेल १ रनमा अविजित रहे।

बंगलादेशका रिपोन उदिनले २ विकेट लिए।

१६१ रनको लक्ष्यसहित मैदानमा उत्रिएको बंगलादेशले १८.२ ओभरमा अलआउट हुँदै १०६ रनमा समेटियो।

बंगलादेशलाई सस्तैमा रोक्ने क्रममा नेपालका विपिन पौडेलले ३ विकेट लिए।

याे पनि पढ्नुस  विश्वकप क्रिकेट छनोटः युएइलाई ५ विकेटले हराएको नेपालले अब हङकङसँग खेल्ने

आजको खेलमा म्यान अफ द म्याच दिगम चेम्जोङ भए।

यसअघि हिजो नेपालले भारतलाई ६५ रनले हराएर फाइनलमा प्रवेश गरेको थियो। पहिलो खेलमा नेपालले बंगलादेशलाई ९ विकेटले हराएको थियो।

यस्तै प्रतियोगिता नविन राई उत्कृष्ट ब्याट्सम्यान भए। बेष्ट बलरको उपाधि विपिन पौडेलले हासिल गरे भने वेष्ट किपर राजु गुरूङले जिते। म्यान अफ दि सिरिजको उपाधि दिगेम लिम्बुले जिते। विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव विष्टले पुरस्कृत गरे।

याे पनि पढ्नुस  प्रधानमन्त्री कप क्रिकेट: नेपाल पुलिस क्लब विजयी

ह्विलचियर क्रिकेट संघको आयोजनामा भएको त्रिकोणात्क टि ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाली टिमको कप्तानी हिमाल आर्यालले निभाएका छन्।

सुशील कोइराला मेमोरियल फाउन्डेसनको सहयोगमा भएको प्रतियोगितामा अपांगले पनि देशको नाम झन्डा फहराउन सक्छन् भन्ने उदाहरण दिन सकियोस् भनेर गरिएको आयोजकको भनाइ छ।

कमेन्ट गर्नुहोस्