उपराष्ट्रपति स्वागत समारोहमा

काठमाडौं, पुस ३ । उपराष्ट्रपति नन्दबहादुर पुनले कतारको राष्ट्रिय दिवसका अवसरमा सोमबार साँझ राजधानीमा आयोजित स्वागत समारोहमा सहभागी भएका छन् ।

नेपालका लागि कतारका राजदूत युसुफ विन महम्मद अल हेलले आयोजना गर्नुभएको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, राजनीतिक दलका नेता, निजामती तथा जंगी सेवाका उच्च अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, उद्योगपति, व्यापारी, कलाकार, साहित्यकार, पत्रकार लगायतको उपस्थिति थियो ।

कमेन्ट गर्नुहोस्