देश युवाहरुलाई नै जिम्मा लगाउने हो : प्रचण्ड (भिडियोसहित)

काठमाडौं, पुस ४ । युवा संघ नेपालका पदाधिकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष ुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लाजिम्पाट पुगेर बधाई ज्ञापन गरेका छन् । साथमा वाइसीएल नेपालका अध्यक्ष दीपशखा पनि उपस्थिति थिए ।

मंगलबार  अपरान्ह युवा संघ नेपालका अध्यक्ष राजीव पहारीको नेतृत्वमा प्रचण्ड निवास लाजिम्पाट पुगेका युवाहरुलाई बधाई दिएकोमा अध्यक्ष प्रचण्डले धन्यवाद दिदै पहरीलाई खादा ओडाएर बधाई दिएको थिए । पहरी पनि प्रदेशमा निर्वाचित सांसद हुन ।

याे पनि पढ्नुस  नारायणीमा जलमार्गकाे सम्भावना खाेज्दै प्रचण्ड [फाेटाेफिचर]

युवा संघका प्रतिनिधिलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘नेपालको इतिहासमा पहिलो निर्वाचन सम्पन्न भएको छ ।संघीय संरचनामा संघ र प्रदेशसहितको निर्वाचन । वाम गठबन्धन करिब दुईतिहाई नजिक छ । राष्ट्र र जनताले हाम्रो एकतालाई अनुमोदन गरी सके । पार्टी एकतालार्इ औपचारिक रुप दिन बाँकी छ र यसमा हामी प्रतिबद्ध छौं ।’

याे पनि पढ्नुस  बलु र दुर्गा तिवारीलाई सहिद घोषणा गर्न सिफारिस गर्ने सहमतिसँगै रुपन्देही बन्द फिर्ता

आफूहरु जीवनको उताराद्धमा पुगेकाले नेतृत्व र देश युवाहरुलाई जिम्मा लगाउने बताएदै प्रचण्डले भने, ‘हामलिे जिम्मा त तपाईहरुलाई नै लगाउने हो । हामी सम्बृद्ध, गतिशीलत र समाजवाद उन्मुख आधार तयार पारेर तपाईहरुलाई जिम्मा लगाउन चाहान्छौं ।’
हेर्नुहोस प्रचण्डको सम्बोधनको भिडियोः

युवा संघ नेपालका पदाधिकारीले अध्यक्ष प्रचण्डलाई लाजिम्पाटमा बधाई ज्ञापन गर्दै, साथमा वाइसिएल अध्यक्ष दीपशखा पनि।

Posted by Manahari Timilsina on 18 ಡಿಸೆಂಬರ್ 2017

कमेन्ट गर्नुहोस्