साउदी राजाको निवासलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार

काठमाडौं, पुस ४ । साउदी अरबको राजधानी रियादमा रहेको यामामाह दरबारलाई लक्षित गरी यमनी सिया विद्रोहीले क्षेप्यास्त्र प्रहार गरेका छन् । तर साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले उक्त क्षेप्यास्त्रलाई आकाशमै नष्ट गरिदिएको जनाएको छ ।

यमामाह दरबार साउदी राजा सलमानको सरकारी निवास हो । साउदी अरबको राज्य सञ्चालित टेलिभिजनले गठवन्धनले क्षेप्यास्त्र नष्ट गरेको घोषणा गर्र्नुपूर्व नै साउदी नागरिकले आकासमा विस्पोट भएको क्षेप्यास्त्रको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।

साउदी अरबको बजेटलाई यामामाह दरबारबाट राजा सलमानले सार्वजनिक गर्ने प्रचलन अनुसार सार्वजनिक गर्ने तयारी भइरहेका समय साउदीस्थित फ्रान्सेली समाचार संस्था (एएफ्पी) संवाददाताले ग्रीनविच समय अनुसार विहान १० बजेर ५० मिनेटमा विशाल आवाजसहित आकासमा विष्फोट भएको सुनेको बताए ।

यसैबीच यमनी सिया विद्रोहीका प्रवक्ता मोहम्मद अब्दुल सलामले यमनबाट मङ्गलबार आफ्नो समूहले ब्यालेस्टिक क्षेप्यास्त्र हानेको पुष्टि गरेका छन् । अब्दुल्लाह सलामले ट्वीट गर्दै ‘भोल्कानो एच–२’ नामक क्षेप्यास्त्र प्रहार गरेको बताए ।

कमेन्ट गर्नुहोस्