हनिमुनबाट दिल्ली फर्किए लगत्तै विराट र अनुष्का पार्टीको तयारी जुटे

सामाजिक सञ्जालमा विवाहदेखि हनिमुनसम्मको फोटो भाइरल

नयाँदिल्ली, पुस ५ । क्रिकेट टिम इण्डियाको क्याप्टेन विराट कोहली र बलिउड चर्चित अभिनेत्री अनुष्का शर्माको पहिलो विवाह, दोस्रो हनिमुनका तस्विरहरु सामाजिक सञ्जालमा पोष्ट भइरहेका छन् ।

यसैबीच उनीहरु हनिमुनबाट भारत फर्किने खबर सबैतिर फैलिसकेको छ । हो, यी दुई नवविवाहित हनिमुनबाट नयाँ दिल्ली फर्किएका छन् ।

याे पनि पढ्नुस  मलाई सि‌गल नै सोच्नु होलाः परिणीती

दुवैजना मंगलबार नै दिल्ली आएका छन् र आउने बित्तिकै पार्टीको तयारीका लागि व्यस्त भएका छन् ।

हालैमात्र विरुस्काको पेजमा उनीहरुको तस्विरहरु भाइरल भएको छ । जसमा दुवैजना आफ्नो परिवारको साथमा देखिएका छन् । समाचार एजेन्सीको अनुसार हनिमुनबाट फर्किए लगत्तै कोहली र अनुष्काको विवाहको ग्राण्ड रिसेप्शन पार्टीको तयारीमा जुटेका छन् ।

याे पनि पढ्नुस  किन अनिल कपुरले आफ्नो शरीरको कपाल काट्न मानेनन् ?

यस शाही विवाहको पहिलो पार्टी डिसेम्बर २१ हुने छ, जहाँ अाफन्तहरुमात्र सहभागी हुनेछन् भने दोस्रो पार्टी चाहिं डिसेम्बर २६ का दिन मुम्बईमा हुनेछ, जहाँ बलिउड कलाकार र क्रिकेट टिमका खेलाडीहरुको आगमन हुने छ ।

हालैमात्र दुवैजना दिल्लीको घरका परिवारसँग बसी तस्विरमा कैद गरेका छन् । तस्वीरमा कोहलीको बहिनी भावना पनि देखिएकी छिन् । जो आफ्नो दाजुभाउजू आएकोमा निकै खुशी भएकी छिन् ।

कमेन्ट गर्नुहोस्