क–कसले दिए शाहिदलाई प्रेममा धोखा ?

पुस ५ । कुनै समयमा बलिउड क्षेत्रमा चर्चित अभिनेता शाहिद कपुरको बी–टाउनको चर्चित अभिनेत्री ‘बेबो’ अर्थात करिना कपुरसँगको अफियरले खुब चर्चा पाएका थिए । दुवैको अफियरको बारेमा लामो समयसम्म मिडियामा छाइरहेका थिए ।

बलिउड स्टार शाहिद कपुरले हालैमात्र आफ्नो पछिल्लो जिन्दगीसँग जोडिएका एक ठूलो रहस्यको खुलासा गरेका छन् । श्रीमती मिराको साथमा एक शोमा पुगेका शाहिद कपुरले मिडियालाई बताएका छन् कि आफूले कुन स्टार्ससँग आफ्नो अफियर चलेको थियो भनेर ।

याे पनि पढ्नुस  गधामाथि सवार ‘फिरंगी’ लुक्समा देखिँदै आमिर

मुम्बई मिररको रिपोर्टअनुसार शाहिद शाहिदले भने– ‘आफू दुई पटकसम्म मायामा फसिसकेको छु । यी दुई स्टारसँग माया गर्न पुगेका थिए । स्रोतका अनुसार शाहिदले बताए– आज जो पपुलर भएको छ, कुनै समयमा मसँग चिट गरेका थिए । उनले मलाई धोखा दिएका थिए ।

बताएअनुसार शाहिदका नाम बी–टाउनकी चर्चित अभिनेत्री ‘बेबो’ अर्थात करिना कपुरसँग जोडेका थिए । दुवैजनाको अफियरको बारेमा धेरै समयसम्म चर्चामा आइरहेका थिए ।

यस्तै, यसको अलावा पहिलो पटक शाहिद एक म्यूजिक भिडियोमा नजर आएका थिए । ‘आर्यन क्याण्ड्स’ का हिट गीत ‘आंखों में तेरा ही चेहरा’ बाट उनको करियर शुरुवात भएका थियो । मिडिया रिपोर्टका अनुसार यो गीतमा शाहिदको को–स्टार ऋशिता भट्टसँग उनको अफियर चलेका थिए । तर, यो सम्बन्ध पनि धेरै समयसम्म टिक्न सकेन ।

याे पनि पढ्नुस  कादर खानको मृत्युको समाचार झुटो, छोराले गरे पुष्टि

फेरि शाहिद कपुरको नाम करिनासँगै प्रियंका चोपडासँग पनि जोडेका थिए । तर कम व्यक्तिलाई मात्र थाहा कि शाहिद कपुर एक समयमा विद्या बालनसँग धेरै नजिक भएका थिए । २००८ मा आएका चलचि ‘किस्मत कनेक्शन’ सुटिङ्गका क्रममा भेट भएका थिए ।

याे पनि पढ्नुस  श्रीमान अक्षयप्रति ट्विंकलको यस्तो छ गुनासो !

करिनासँगको ब्रेकअप पछि शाहिद त्यो समयमा एक्लै थिए र यस्तैमा उनले विद्या वालनका साथ पाए । जब फिल्मको सुटिङ्ग कनाडामा गएर गरेका थिए तब उनीहरु धेरै समय एकअर्कासँग साथ बिताएका थिए । सुटिङ्ग सकिन लाग्दा पनि यी धेरै पटक डिनर डेटमा पनि गएका थिए ।

कमेन्ट गर्नुहोस्