भारतीय प्रधानमन्त्री मोदीले फाेन गरेर प्रचण्ड, ओली र देउवालाई के भने ?

काठमाडौं, पुस ६ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संघ र प्रदेशको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा नेपालका प्रमुख तीन दलका अध्यक्षलाई बधाई दिएका छन ।

प्रधानमन्त्री मोदीले बिहीबार अपरान्ह टेलिफोन गरी प्रदेश र प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएको बताइएको छ ।

याे पनि पढ्नुस  माल्दिभ्सले भन्यो ‘भारत सबैभन्दा ठूलो दुश्मन’

छिमेकी मुलुक भारतका प्रधानमन्त्री मोदीले निर्वाचन सम्पन्न भएको करिब तीन सातापछि नेपालका प्रमुख नेतालाई टेलिफोन गरी बधाई दिएका हुन । नेपालका स–साना कुरामा चासो राख्ने भारतीय संस्थापन वाम गठबन्धनले अत्यधिक स्थानमा विजयी भएपछि निराश भएको बताइन्छ ।

प्रमुख दलका शीर्ष नेताको नीजि सचिवालयले बिहीबार साँझ भारतीय प्रधानमन्त्रीले फोन गरेर निर्वाचन सम्पन्न गरेकोमा बधाइ दिएको बताएका छन्।

याे पनि पढ्नुस  एकताबाट भाग्दै, मोदीसँग झुक्दै– कता जाँदैछन् प्रम ओली ?

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरी निर्वाचनमा विजयीसहित सफलता हासिल गरेकोमा बधाइ दिएको उल्लेख छ ।

नेपालमा आफ्नो नीति असफल भएको र वाम गठबन्धन निर्माण प्रति रुष्ट भारतीय संस्थापनले चुनावी मतपरिणाममा वामगठबन्धन करिब दुई तिहाई बहुमत ल्याउन सफल भएपछि ढिलो गरी करिब तीनसाता पछि बधाई दिएको हो ।

कमेन्ट गर्नुहोस्