वीरगञ्जमा विद्यार्थीमाथि छुरा प्रहार

वीरगञ्ज,पौष ७ । वीरगञ्जमा एक विद्यार्थीमाथि छुरा प्रहार भएको छ ।

ठाकुरराम बहुमुखी क्याम्पसमा बीबीएस प्रथम वर्षमा अध्ययनरत रोशन यादवमाथि शुक्रबार बिहान साढे ७ बजे छुरा प्रहार भएको हो ।

छुरा प्रहारबाट वीरगञ्ज–१६, राधेमाई घर भएका यादव गम्भीर घाइते भएको जानकारी प्रहरीले दिएको छ ।

याे पनि पढ्नुस  अपराध लुकाउन नाम र धर्म नै परिवर्तन

घाइते यादवलाई नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि अहिले गण्डक अस्पताल लगिएको छ ।आक्रमण कसले गर्यो भन्नेबारे अहिलेसम्म केही खुलेको छैन । प्रहरीले यसबारे छानबिन भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्