चर्चित मोडल रोशनले दुबईमा अनुलाई दिए धोका, भिडियोसहित

काठमाडौं, पुस ७ । राधिका म्युजिक प्रालीको प्रस्तुतिमा गायिका कला मगर र गायक मनु बिसीको स्वरमा “ए निष्ठुरी ” बोलको म्युजिक भिडियो युटुव मार्फत सार्वजनिक भएको छ ।

माया प्रेम र विछोडको गीतसंगीतलाई आम दर्शक तथा श्रोताले मन पराइरहेको अवस्थामा प्रेमी र प्रेमिका बीचमा हुने मायाको फाटोलाई भावनात्मक रुपमा समेटिएको छ । चोखो मायामा भौतारिएकी प्रेमीकालाई मायाको अभाव भएको कुरा गितमा व्यक्त गरिएको छ ।

सगै मर्ने र सगैँ बस्ने बाचा खाएको अवस्थामा पनि मायाको भाव ब्यक्त गर्न नदिने प्रेमिकालाई माया गर्न आग्रह प्रेमीले गरेका छन । कसैको अभावमा भोगिएको पिडाका शब्दहरु ब्यक्त गर्न निकै अफटयारो हुने गर्दछ सोही पिडालाई मार्मिक रुपमा “ए निष्ठुरी ” गितमा व्यक्त गरिएको छ ।

मनु विसीको शब्द तथा संगित संयोजनमा तयार पारिएको गितलाई दर्शक तथा श्रोताले अधिक मन पराउने र बास्तविक भोगाईमा आधारित भएको गितलाई मन पराउने अपेक्षा निमार्ण पक्षले गरेको छ ।

कमल निरजन को निर्देशन तथा छायाँकन उत्तमकुमार कार्कीको सम्पादन “ए निष्ठुरी ”को भिडियोमा रहेको छ । भने परदेशमा बसेर पनि नेपाली गित संगितलाई निकै माया गर्ने कलाकार रोशन पौडेल, अनु शेर्पा , लाक्पा युक्ति शेर्पा , मिलन अधिकारीको अभिनय रहेको छ ।

हेर्नुहोस म्यूजिक भिडियो:

कमेन्ट गर्नुहोस्