सैफ अलीको छोरीको पहिलो चलचित्र नै रिलिजमा समस्या

नयाँदिल्ली, पुस ९ । चलचित्र ‘केदारनाथ’ बाट बलिउड क्षेत्रमा प्रवेश गर्न लागेकी सैफ अली खानकी छोरी सारा अली खानको पहिलो चलचित्र नै नआउने सम्भावना बढेको छ।

चलचित्र रिलिज हुनुअघि नै निर्माता र निर्देशकबीच खटपट सुरु भएको खबर विभिन्न सञ्चार माध्यमले जनाएका छन्। फिल्मसँग जोडिएका व्यक्तिहरूले जनाएअनुसार निर्देशक अभिषेक कपुर र निर्माता प्रेरणा चोपणाबीच फिल्म रिलिजको तारिखबारे मतभेद भएको हो ।

याे पनि पढ्नुस  यी व्यक्तिले सलमान खानको २ करोडको अफर टुक्र्यायो, यस्तो छ कारण

फिल्मको सेटको लागि मात्र ७ करोड भारु खर्च भएको थियो। फिल्ममा सारासँगै सुशान्त सिंह राजपुतले पनि अभिनय गरेका छन् । एजेन्सी

 

कमेन्ट गर्नुहोस्