भोली सार्वजनिक विदा

काठमाडौं, पुस ९ । सरकारले भोली(सोमबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले मंसिर १४ गते नै विज्ञप्ति जारी गरी क्रिसमसमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो। यसअघि राजपत्रमा प्रकाशित सूचनामा क्रिसमसको दिन इसाई धर्मावलम्बी कर्मचारीहरुलाई मात्र विदा दिने गरेको थियो।

याे पनि पढ्नुस  रक्षाबन्धनमा सार्वजनिक बिदा

तर यस वर्ष देउवा नेतृत्वको सरकारले इसाई धर्मावलम्बीहरुको महत्वपूर्ण चाड ‘क्रिसमस’ को उपलक्ष्यमा २०७४ पुस १० गते एक दिन सार्वजनिक विदा दिने निर्णय यसअघि नै गरेको हो ।

कमेन्ट गर्नुहोस्